Breaking

पेप्सीकोला-काँडाघारी सडकखण्डमा बसको ठक्करबाट ७ जना घाइते


काठमाडौँ – काठमाडौँको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीले जनाएको छ ।

सडकमा गुडिरहेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटना आज बिहान करिब ७ः४५ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । बस चालक रामेछापको लिखुतामाकोशी-२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउत प्रहरी नियन्त्रणमा छन् ।