Breaking

काठमाडौँको छाप्रोमा बसले अन्य ३ सवारी साधनलाई ठक्कर दियो, १ जनाको मृत्यु


काठमाडौँ – काठमाडौँको जडीबुटी नजिकै छाप्रोमा दुर्घटना भएको छ । जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराई छन् । भट्टराई बागमती प्रदेश–०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल चालक हुन् ।
बिहान साढे ५ बजे भएको दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।
बा।३ ख ४८४८ नम्बरको यात्रुबाहक बसले बा।६ च ५३४२ नम्बरको पिकअप, मोटरसाइकल र बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।