Breaking

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौँ – सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान दुई बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।