Breaking

ओलीजोगाउन एक भए विष्णु र शंकर,विद्याको चर्चा चलाएर साईजमा ल्याउदै अरु !


काठमाडौँ — एमालेमा पूर्व राष्ट्रपतिको सक्रियता बढ्न सक्ने तथा नेतृत्वमा विकल्पको खोजीको आधार हुनसक्ने चर्चाकाबीच ओली गुट त्यसको विरुद्धमा देखिन थालेको छ । जसमा उनका उत्ताराधिकारी मानिएकाहरु एकै श्वर गर्न थालेका छन् । एमालेभित्र विकल्पको वहसलाई नै उनीहरुले बाहिरिया खेलको संज्ञा दिन थालेका छन् । फलत ः रणनितिहरु फेल भएको आक्षेपकैबीचपनि उनीहरुओलीलाई व्रान्डिङ गरेर अघि बढ्नचाहन्छन् । उनीहरुको रणनीति कति सफल होला त ? पार्टीभित्रका खिया लागेका नट वल्टु परिवर्तन गर्ने र उर्जावानलाई ल्याएर पार्टी सुदृढिकरण गर्ने अभियानमा रहेको एमालेले एकमात्र बाटो अध्यक्ष केपी शर्मा ओलीकै व्रान्डिङमा देख्न थालेको हो ।

भारतीय नाकाबन्दीका वेला विकेको राष्ट्रियताको भाषणले सत्तामा पुगेको सपना पन्छाउदै प्रधानमन्त्रीमा ओली भनेर चुनाव लडेपनि सफल नभएको एमाले अहिले ओलीलाई विकल्पहिन बनाउने बाटोमा छ । फलत ः एकीकृत समाजवादीका नेतालाई भित्र्याउने नाममा उमेर हद हटाएको उसले पार्टीका कार्यक्रमहरुमा खादा माला र आसन ग्रहण गर्ने कार्यलाई रोक्ने निर्णयका नाममा ओलीको मात्र फोटो राख्ने निर्णय गरेको थियो । यद्यपी तल्ला कमिटिहरुमा युवा भन्ने तर केन्द्रको मानसिकता परिवर्तन गर्न नसक्ने उसले पार्टी सुदृढिकरणकै नाममा समेत सफलता भने हात पार्न सकेको छैन ।

जसलाई आधार बनाँउदै ओली नै सर्वसर्वा हुन नसक्ने तथा साझा नेतृत्वको आवश्यकता रहेको भन्दै एक समुहले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय गराउने प्रयन्त भईरहेको छ । तर त्यसलाई मिडिया र एमाले विरोधीको संज्ञा दिएका ओली गुटका नेताहरुले पहिले त्यसलाई अस्वीकार गरेपनि अहिले सु–स्वागतमसम्म भन्न भ्याएका छन । यहिविचमा उपाध्यक्ष विष्णु पौडेल र महासविच शंकर पोखरेलको समेत एक स्वर सुनिएको छ ।

ओलीका उत्तराधिकारीका रुपमा हेरिएका उनीहरुले लुम्बिनी प्रदेशको नेतृत्वमा आफूनिकटका व्यक्ति ल्याउन प्रतिस्पर्धा भइरहेको चर्चाको खण्डन गदै ओलीको विकल्प नभएको बताएका हुन । कार्यक्रममा पोखरेलले अहिले अरु पार्टी छाडेर एमालेमा प्रवेश गर्नेहरूको लहर आएको समेत बताए हुन । जहाँ पौडेलले भने एमालेमा नेतृत्वको कुनै शंका नरहेको भन्दै केपी शर्मा ओलीको विकल्प नभएको बताए हुन । उनले मिसन ८४ पनि ओलीकै नेतृत्वमा सुरु भएको भन्दै नीति र नेतृत्वमा एमाले प्रस्ट रहेको र ओली निर्विकल्प भएको बताए । अर्थात जहाँ पौडेल र पोखेरेल मिल्न नसक्नाले ओलीको उत्ताराधीकारीको लडाँइले पार्टीमा संकट देखिने अर्को तर्क समेत उनीहरुको रहँदा लुम्बनीमा हामी मिल्यौ भनेर पौडेल र पोखरेलले सन्देश दिएको तर्क गरेका छन ।

अहिले पनि एमालेभित्र दशवुँदे मार्फत भित्रिएका तथा राष्ट्रपति निटकहरु आ–आफ्नै तरिकाले सक्रिय हुदाँ भीम रावल एमालेका लागी गलपासो बन्दै आएका छन । न त छोड्न सक्ने न त समाल्न सक्ने अवस्थामा रावल पछिल्लो समय केहि नरम देखिएपनि कम्युनिष्ट एकताको आशा देख्नेहरु पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न शित्तल निवास पुगेका थिए । प्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्डले अघि बढाएकोसमाजवादी मोर्चाको बाटो र नयाँ दलमा देखिएका उलारले पार्टी सुदृढिकरणले मात्र पार्टी नवन्ने उनीहरुको बुझाईका विच एमालेभित्र विस्फोट भएपछि कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुने विश्वासमा प्रचण्ड छन ।

जसको संकट ओलीको नेतृत्वबाट सम्भव नहुने देखेका उनीहरु ओलीको विरोध गर्दा आफ्नो राजनीतिक जीवन सकिनेमा उनीहरु सचेत देखिन्छन्। ओलीकानिकटमध्येका पनि छोरा झै भएको भन्दै चर्चामा रहेका गोकुल बास्कोटा देखि कर्ण थापा, विद्या भट्टराई भगवती चौधरी, आनन्द पोखरेल, खगराज अधिकारी लगायतका नेताहरुले एकीकृत समाजवादीलाई समेत एमालेमा मिलाउन सकिने गरी भण्डारी चाहिने बाटोमा छन । जहाँ अरु ओली निकट नेताहरु भने भण्डारी फकाउनेसंग नै वक्र दृष्टि राख्दै आएका छन ।

हुन त ओलीको बढ्दो देवत्वकरणकै कारण भण्डारीको चर्चा चलाएर उनलाई साइजमा राख्न ओली पक्षकै नेताहरु लागिरहेको तर्क गर्नेहरु पनि छन् । जहाँ संसद विघटनका वेला लाजै पचाएर ओलीलाई साथ दिएका तथा आफैसंग राम्रो सम्बन्ध नभएका देवराज घिमिरेलाई सभामुख बनाँउदा समेत खपेर बसेका सुवासचन्द्र नेम्बाङ र ईश्वर पोखरेलको व्यवस्थापनको विषयले समेत एमालेको आन्तरिक राजनीति निर्धारण गर्ने छ । के आज मिले जस्तो देखिएका पौडेल र पोखरेल नै महाधिवेशनका दिनसम्म पुग्दा यहि अवस्थामा रहलान त भन्ने अर्को चर्चाका विच ओली रणनितिको घट्दो क्रेज कहिलेसम्म छोपिन्छ भन्ने विषय समेत अहम बनेको हो ।