Breaking

राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा सिंगो देश एकठाउँमा छ: महामन्त्री थापा


काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा सिंगो देश एकठाउँमा रहेको बताएका छन् । शनिबार झापामा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस मात्र होइन, कुनै पनि दलले चीनको हर्कत ठीक छ नभनेको बताए । भारतसँग सीमा विवादमा नेपालले गरेको निर्णयलाई चीनले सम्मान गर्न नसकेको भन्दै उनले भने, यसमा कांग्रेस पनि चिन्तित छ, एमाले पनि चिन्तित छ, नयाँ पार्टी पनि चिन्तित छ, पुरानो पार्टी पनि चिन्तित छ । नेपालले एमसीसी, बीआरआई सबैसँग मिलेर काम गर्न चाहेको उनले बताए । महामन्त्री थापाले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा कहीँ कतै सम्झौता नगर्ने बताए । यद्यपि बेलाबेलामा कसैले कसैलाई कमजोर बनाउनु प¥यो भने भारत, चीन वा अमेरिका परस्त भनेर आरोपित गर्ने गरिएको उनको गुनासो थियो ।