Breaking

एमसीसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे


काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट कसरै धेरै फाइदा लिने भन्नेबारेमा गम्भीरतासाथ सोच्नुपर्ने बताएका हुन् ।

उनले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनतको हितमा प्रयोग गर्न आग्रह गरे ।

‘एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेका छन्, बीआरआईको बारेमा त्यस हिसाबको चर्चा नचले पनि हामीले बीआरआई प्रोग्रामलाई राष्ट्र र जनतको हितमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने बेला आएको छ,’ उनले भने ।

भौगोलिक विकटाका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने उनको भनाइ छ ।

दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै सभामुख घिमिरेले यसका लागि सबै दलहरु मिल्नुपर्ने बताए ।