Breaking

ललिता निवास प्रकरणमा माधवकुमार नेपाल निर्दोष साबित भएको प्रधानमन्त्रीको दाबी


काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको दाबी गरेका छन् । समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले अब नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको बताए । माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरु के हो कसो हो भनिराखे उनले भने पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएको उनको दाबी छ ।