Breaking

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुन्छः प्रवक्ता सापकोटा


काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्शा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको भन्दै त्यसबारे प्रधानमन्त्रीले आगामी चीन भ्रमणमा कुराकानी गर्ने बताउनुभएको हो । उहाँले नेपाली भूमि नेपालको नक्शामा नदेखाइएको यस विषयमा कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनु भयो । उहाँले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कुटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताउनु भयो ।

प्रवक्ता सापकोटाले एमसीसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अंग बनाउनुपर्ने बताउनु भयो । उहाँले औपचारिक र संस्थागत रुपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने बताउनु भयो । माओवादी केन्द्र एमसीसी परियोजना व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाएर मात्रै अगाडी बढ्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सत्तारढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने बताउनु भयो । उहाँले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका बीचमा पनि कुनै खटपट नपरेको बताउनु भयो ।