Breaking

कोशी सरकार विरुद्धको रिट निवेदन‘हेर्न नमिल्ने’


काठमाडौँ– कोशीप्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन‘हेर्न नमिल्ने’ भएको छ । आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएको छ । मुख्यमन्त्री थापाले संविधानविपरीत विश्वासको मतलिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले सर्वोेच्चमा रिट दर्ता गराएकाथिए ।

विश्वासको मतलिँदाप्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मतदिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमागरिएको हो ।उक्त रिटको प्रारम्भिक सुनुवाइगर्दै भदौ ७गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले कारणदेखाउआदेश जारी गर्नुभएको थिए । आज पनि खतिवडा सहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो ।भदौ ७गते दिएको अन्तरिम आदेशपछिइजलासबाटभदौ १५ गतेका लागि पेसी तोकिएको थियो ।