Breaking

समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा, शीर्ष नेताहरूले सम्बोधन गर्ने


काठमाडौँ – समाजवादी मोर्चाको सन्देश सभा आज गण्डकी प्रदेशमा हुने भएको छ । पोखरामा आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’पोखरा जाने तरखरमा छन् ।

मोर्चाले हिजो कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरेको थियो । सो अवसरमा समाजवादी मोर्चा‌को कर्णाली प्रदेश कमिटी घोषणा पनि भएको छ ।