Breaking

बालेन शाहले गरे आफ्नो चीनभ्रमण रद्द


काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीनभ्रमण रद्द गर्नुभएको छ । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि आज दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो ।तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएकोले आफ्नो पाँचदिने चीनभ्रमण रद्द गर्नु भएकाहो ।

चीनले सोमबार जारी गरेको नयाँनक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतभित्र देखाएपछि त्यसको विरोध गर्नभएको हो । चीनले सोमबार भारतको अरुणाचल, अक्साई चीन, दक्षिणीचीन सागर र ताइवानलाई समेटेर आफ्नो नयाँनक्साजारी गरेको थियो । उक्तनक्सालाई चीनले ‘स्ट्यान्डर्ड म्याप’नामदिएको छ ।चिनियाँकम्युनिस्टपार्टीको मुखपत्रमानिने अंग्रेजी दैनिकग्लोबल टाइम्सले नयाँनक्सापहिलोपटक सार्वजनिक गरेको थियो ।नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँनक्सा संसदबाट पारित गरेको थियो ।