काठमाडौँ – आईसीसी महिला ट्वान्टी-२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पाँच रनको जित निकालेको छ ।
बिहीबार मलेसियाको बायुमस स्पोर्ट्स एन्ड इभेट कम्प्लेक्समा भएको खेलमा नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।
मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघमले २८ रन बनाए पनि टिमको हार टार्न सकिनन् । एइना हमिजाह हासिमले १४ र मास एलिसाले १० रन जोडिन् । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालकी कविता कुँवर र कविता जोशीले समान दुई विकेट लिए । कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एकरएक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो । नेपालकी सीता रानामगरले ३८ रन जोडिन् । अप्सरी बेगम १७ र कप्तान रुविनाले १२ रन बनाए । नेपालकी ओपनर काजल श्रेष्ठ, सम्झना खड्का र इन्दु वर्मा भने ‘गोल्डेन डक’ भएका थिए ।
मलेसियाकी एइना हमिजाह हासिमले दुई विकेट लिइन् । महिराह इजाती इस्माइल, आइसा एलिसा र निक नुर अतिएलाले समान एक विकेट लिए ।
जितसँगै दुई अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा नेपालसँगै भुटान, मलेसिया, कतार, बहराइन र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् ।
प्रतिक्रिया