राजनीति

एमसीसी कार्यान्वयनको विरोधमा विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी सडकमा


काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका छन् । नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।