Breaking

मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी परियोजना आजदेखी कार्यान्वयन


काठमाडौँ– बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश इन्ट्री इन्टु फोर्स–ईआईएफ सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ ।