राजनीति

सर्वोच्च अदालतलाई कोशी प्रदेश सरकारको जवाफ


काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूले लिएको विश्वासको मत संविधान अनुसार नै भएको जिकिर गर्दै सर्वोचच अदालतमा जवाफ पेश गर्नुभएको छ । मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिलाउन भदौ ४ गते सत्ता गठबन्धनले बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई पनि मतदान गर्न लगाएको थियो । त्यस कदमविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा निवेदन दिनुभएको थियो ।


मुद्दामा अदालतले भदौ ७ गते बिहीबार अन्तरिम आदेश दिँदै विश्वासको मत लिने प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै मुख्यमन्त्री थापालाई भदौ १३ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । उक्त आदेशअनुसार जवाफ पेश गर्दै थापाले संविधानको धारा १८६ मा प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुने उल्लेख रहेको कारण उक्त धारा विश्वासको मतमा त्यो धारणा आकर्षित नहुने मुख्य जिकिर गरेको कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता बुद्धिबहादुर कटुवालले बताउनुभयो ।