Breaking

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग भिड्दै, प्रधानमन्त्री प्रचण्डद्धारा जीतको शुभकामना


काठमाडौँ– एसिया कप क्रिकेटमा केहीबेरमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै छ । पाकिस्तानको मुल्तानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल सुरु हँँदैछ । पाकिस्तानविरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ । एक दिवसिय विश्व वरियतामा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने नेपाल १५ औं स्थानमा रहेको छ ।

नेपालले एसिया कप क्रिकेटमा सहभागिता जनाउने अवसर पाएको यो पहिलो पटक हो । एसियाको यो प्रतिष्ठित क्रिकेट प्रतियोगिताको १६ औ संस्करण पाकिस्तान र श्रीलंकाले संयुक्तरुपले आयोजना गर्दैछ ।प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्नेछ । ६ टोली सहभागि एसिया कपको समुह ए मा नेपाल, भारत र पाकिस्तान तथा समुह बि मा श्रीलंका, बंगलादेश र अफ्गानिस्तान रहेका छन् । गत बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा अपराजित रुपमा च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको हो ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । आज बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री दाहालले पाकिस्तानसँग जितको शुभकामना व्यक्त गर्नुभएको हो । यस्तै एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले अहिले दिउँसो २ बजेपछि बिदा दिएको छ ।उपमहानगरका वरिष्ठ उपसचिव मेहीलाल यादवले एक सूचना जारी गरी बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिनुभएको हो ।