Breaking

समाजवादी मोर्चाले आज धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सभा गर्दै


काठमाडौँ – समाजवादी मोर्चाले बुधबार धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सभा आयोजना गर्दै छ।

मंगलबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सभा गरेको मोर्चाले आज दिउँसो १ बजे धनगढीमा सुदूरपश्चिमस्तरीय सभा आयोजना गर्न लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

समाजवादी मोर्चाले सातै प्रदेशमा प्रदेशस्तरीय सन्देश सभा गर्ने घोषणा गरेको छ। यसअघि मोर्चाले भदौ ८ गते वीरगञ्जमा सभा गरेको थियो।

भोलि ९१४ भदौ० सुर्खेतमा कर्णाली प्रदेशस्तरीय, भदौ १५ गते पोखरामा गण्डकी प्रदेश स्तरीय, भदौ २३ गते हेटौँडामा बागमती प्रदेशस्तरीय र भदौ २५ गते विराटनगरमा कोशी प्रदेशस्तरीय सभा आयोजना गरिने मोर्चाले जनाएको छ।