Breaking

प्रचण्ड–प्रभु र उपेन्द्रलाई गौरको गलपासो, उपेन्द्रको दिल्ली दौड, प्रभु शाह हेग जाने ?


काठमाडौँ — १७ वर्ष पुरानो गौर हत्याकाण्ड बल्झिएपछि मधेशवादी दल झस्किएको छ । मधेश राजनीतिका नेताद्धय उपेन्द्र यादव र प्रभु शाहका कारण प्रधानमन्त्री प्रचण्ड तनावमा छन । प्रचण्ड दाहिना हुँदा राष्ट्रिय राजनीतिमा स्थापित यी दुवै प्रचण्डको दुश्मनी देखिन थालेका छन् । मधेश आन्दोलन हुँदै मधेशको मुद्धा बोकेर राष्ट्रिय राजनीतिमा जमेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु शाह आमनेसमाने भएका छन ।

यी दुवै नेता प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन । प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्डका पीडित पक्षसँग घटनाको अनुसन्धान गर्ने सहमतिपछि यी दुई नेता प्रचण्डप्रति आक्रमक भएका छन । प्रचण्डले गौर घटनाको अनुसन्धान गर्ने सहमति गर्न साथ झस्किएको जसपा अनुसन्धान नहोस् भन्ने पक्षमा छन ।

सत्तामा हुँदा होस् या प्रतिपक्षमा हुँदा संधै प्रचण्डको साथ रोजेका उपेन्द्र यादव अहिले प्रचण्डसँग दुश्मनी साँधेका मात्र छैनन्, अनुसन्धान रोक्न गठबन्धनभित्र दौडधूप गरिरहेका यादव दिल्ली दौडमा निस्किएका छन् । गौर बल्झिएपछि यादव दिल्ली दौडिएको विश्लेषण जारी छ । संधै सहयात्री बनेको प्रचण्ड–यादवबीच दुश्मनी बढेको छ । उपेन्द्रलाई चुनाव जिताउन बारा पुगेका प्रधानमन्त्री प्रचण्डले जसपा अध्यक्ष उपेन्द्रले आफूले हात हल्लाएको भरमा राजनीतिक वृत्तमा चर्चा कमाईरहेको पात्र भएको भन्दै कटाक्ष गरे ।

गौर घटनामा माओवादी पक्षको नेतृत्व नै गरेका पूर्व माओवादी नेता समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले गौर हत्याकाण्डका पीडितहरूले नेपालमा न्याय नपाए पीडितहरु लगेर अन्तर्राष्ट्रिय अदालत (हेग) जाने चेतावनी दिएका छन । माओवादीबाट व्रेक लिएका शाहले पीडित पक्षसँग घटनाको अनुसन्धान गर्ने सहमति गरे कुर्सी हल्लिने डरले यो घटनाको अनुसन्धान गर्न सरकार पछि हटेको आरोप समेत लगाएका छन । प्रचण्ड नेतृत्वको सरकारले कानूनी शासन र सुशासन स्थापित गराउँछ भन्ने विश्वास नै हटेको उनको तर्क छ ।

प्रचण्डको सहारामा मधेश र मधेशको मुद्धालाई राजनीतिक विरासत बनाएका नेताद्धय अहिले प्रचण्डका लागि समेत घाँडो बनेको त होइन भन्ने शंका बढेको छ । यी दुवै नेता प्रचण्डको वैरी बन्दा त्यसको प्रत्यक्ष लाभ गत चुनावबाट मधेशमा उदाएका जनमत पार्टी र सिके राउत छन ।

गठबन्धनकै सहयोगमा संसदीय समितिमा जनमत पार्टीले नेतृत्व हत्याएका छन । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् । यता गौर प्रकरणको अनुसन्धान थप पेचिलो बन्ने देखिएको छ ।