काठमाडौँ – फोन पे ले ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ ।
यस अभियानको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको बताइएको छ ।
‘मोबाईल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदानप्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित हुने कम्पनीको भनाइ छ ।
फोन पे डिरेक्टमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिनेबारे जानकारी दिन अभियान सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ । भदौ महिना भरी लागु हुने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले ‘फोन पे’ को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने हुन्छ ।
यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आइफोन १४ प्रो बाट पुरस्कृत गरिनेछ भने अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहार प्रदान गरिने फोन पेले बताएको छ ।
प्रतिक्रिया