Breaking

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग सांसद प्रेम सुवालको माग


काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सुवालले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

त्यसैगरी उनले डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिने तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । सांसद सुवालले भने, ‘डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छरु छानबिन गरी कारबाही हुन जरुरी छ ।

बिजुली महसुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ । यसैगरी सुवालले सांसद सुवालले राजनीतिक दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न ३ प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचनसम्बन्धी एकीकृत मस्यौदा लोकतन्त्रको मर्मविपरीत रहेकाले मान्य नहुने पनि बताए ।