Breaking

आरजु विवादको पर्याय,किन वोक्यो एमालेले ? किन सती गए प्रचण्ड ? (भिडियोसहित)


काठमाडौँ – कांग्रेस सभापती शेरबहादुर देउवा पत्नी भएकै कारण राजनीतिमा छलाङ मारेको आक्षेप खेपेकी आरजु राणा नेपाली राजनीतिमा विवादको पर्याय नै हुन ।

चुनाव नजिते पनि सत्तामा हालीमुहाली गरिरहेकी उनीविरुद्ध वाहिर मात्र नभएर पार्टी भित्रै पनि असन्तुष्टि चरम सिमामा छ । तर यी सवैलाई चिर्दै आलोचनालाई नै जितको आधार बनाएकी उनी अहिलेत एमालेको समेत समर्थनमा संसदीय समितीकै नेतृत्वमा पुगेकी हुन ।


आफ्नै नागरिक नक्कली शरणार्थी बनाएर अमेरिकामा पठाउने काण्डमा होस या पार्टीको घट्दो साखको विषय होस नेपाली राजनीतिमा आरजु राणाको नाम सधै चर्चामा छ । स्वर्णिम वाग्लेले पार्टीभित्र भाउजुको रवाफ बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रोज्दा गगन थापाले समेत उनलाई तारो बनाँउदै आएका छन । स्वयम शेरबहादुर देउवा नै आरजुबाट चल्ने गरेको आक्षेपका विच सत्तामा रहदाँ होस या विपक्षमा रहदाँ उनी विवादको केन्द्रमै रहने गरेकी छन ।

यसअघि नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको र पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकार रहेकी कारण विवदामा तानिएका उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत तानिएकी थिईन । यो पटक प्रत्यक्ष निर्वाचन लड्ने भन्दै तानिए पनि समानुपातिकको पहिलो नम्बरमा रहेकी उनी आफ्नै श्रीमानका लागि निशुल्क मलेसिया पठाईदिने भन्दै भोट मागेपछि विवादमा परिन ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गरेकी उनी देउवा प्रधानमन्त्री बन्दा वालुवाटारको खटनपनटको आफ्नै हातमा लिएकी थिईन । आज उनीबिना देउवाको पात पनि नहल्लिने अवस्था आँउदा यसअघिको ओली सरकारले प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएका राजश्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग आदि निकाय पूर्ववत रुपमा फिर्ता पठाउन देउवाले खोज्दा आरजुले नमानेपछि त्यो काम रोकियो थियो ।

कुटनितिमा रक्षाबन्धन रणनिति देखि छोरालाई राजनीतिमा स्थापित गर्न जिल्लाकै नेताको तेजोबध लगायका काममा अग्रसर उनलाई कांग्रेसकै पूर्व नेता अमेरश कुमार सिँहले करप्ट लेडिको संज्ञा दिएका थिए । वैशाख १५ को संसदमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आरजुको नायबीमाथि प्रश्न गरेका थिए भने ‘पम्फादेवी’ नामसमेत करार गरिदिएका थिए । जसविरुद्ध अदातल नै गएकी आरजुले यी सवै विवाद महिलाले राजनीतिमा गरेको प्रगतीको वाधक बताँउदै आएका छन

। जस विरुद्ध भिडरै अघि बढ्ने रणनितिमा रहेकि उनी आलोचनाकै विच एकपछि अर्को सफलता प्राप्त गर्दै गएका छिन । पछिल्लो पटक त उनी आफू पनि किसानकै छोरी भएको भन्दै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको नेतृत्व सम्हाल्ने भएकी छिन् ।
तमाम विवादहरुका विच पनि प्राप्त सफलताले आरजूको महत्वाकांक्षा बढ्दै गएको प्रष्ट गएको प्रष्ट छ । २०७४ को निवार्चनमा समानुपातिक निर्वाचन छाडेर प्रत्यक्ष चुनाव लड्ने निर्णय गरेकी आरजूले धनगढीमा तीन करोड रुपैयाँको घर नै किनेकी थिईन । तर एमालेका निर्वाचित उम्मेदवार नारदमुनि रानाले २७ हजार २ सय २ मतका साथ विजय हासिल गर्दा कांग्रेसबाट आरजुले करिब पाँचहजार मतको अन्तर, २२ हजार ३ सय २२ मत पाएकी थिइन् ।

चुनाव हारेपछि तथा सत्तामा कांग्रेस नभएपछि केहि मथ्थर देखिएपनि एमालेकै सरकारका वेला पनि उनका विवादहरु जारी नै रहे । पछि नेकपा फुटेर अप्रत्याशित रुपमा देउवालाई सत्ता प्राप्त गरेपछि शक्ती बढाएकी उनी समानुपातिकमा पहिलो नम्बरमा बसेकी थिईन । सभापतिको श्रीमती भएकै कारण चुनाव नजिते पनि संसदको यात्रा गर्ने र विवादहरुको साम्राज्य नै खडा गर्ने उनलाई पार्टीका नेता त बाध्यताका साथ स्वीकार्न बाध्य छन ।

तर अहिले त समितिको भागवण्डामामा रमाएको एमालेलेका समेत सहमतीमा उनी समितिको नेतृत्वमा पुग्दै छिन । यसको अर्थ जति धेरै विवाद उती धेरै सर्वसहमतीका साथ अघि बढ्दै गएकी उनलाई न त आफ्नै नेताले प्रश्न गर्न सकेका छन न त विपक्षी नै ।
भारतको चण्डीगढबाट मनोविज्ञान विषयमा पी.एचडी. गरेकी आरजु २०५३ देखि कांग्रेसको राजनीतिमा प्रवेश गरेकी हुन् । देउवाको आडमा बसेर कांग्रेसको राजनीतिमा हावी भएकी उनले पार्टीदेखि सिंहदरबारमा गरिने हरेक उच्चस्तरीय निर्णयमा उनको चासो, स्वार्थ र प्रभाव राख्ने गरेकी छन । फलत : उनी विवादको पर्याय नै हुन ।

तर पार्टी नै उनका कारण विग्रिएको विषय होस या उनलाई जोगाउनै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै शुसासनको नारामाथि धावा वोलेको विषय होस उनका लागि विवादहरु अझ फाईदाजनक हुन थालेका छन । जहाँ उनका लागि आफ्नै पार्टी,सत्तापक्षका अन्य घटक र प्रतिपक्षी समेत सती गईरहेका छन ।