Breaking

अन्नपूर्णको पक्षमा उच्चको अन्तरिम आदेश, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न नागरिक उड्डयनलाई निर्देशन


काठमाडौँ– अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार विरुद्ध प्रकाशक रामेश्वर थापालाई नागरिक उडड्यन प्राधिकरणले सोधेको प्रष्टिरण विरुद्ध उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। थापा जिम्मेवार संयन्त्रमा रहदा नै अप्रेशन आवरलाई लिएर अन्नपूर्ण पोष्टमा समाचार छापिएको विषयमा प्राधिरकणले प्रश्न उठाएको थियो । उक्त प्रष्टिकरण विरुद्ध सिम्रिक एयर लिमिटेडले उच्च अदालतमा रिट दायर गरेकोे थियो । जसको सुनुवाई गर्दै न्यायधिश रमेश ढकालको ईजलासले विपक्षी प्राधिकरलाइ प्रष्टिकरण नसोध्न अन्तरिम आदेश दिएको हो ।

संचार माध्यममाथि प्रतिसोध साँधेर भैरभाव राख्ने नागरियक उड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई मिडियामा प्रकाशित समाचारको विषयमा छानविन र कार्वाही गर्ने अधिकार नरहेकाले विपक्षी प्राधिकरण र महानिर्देशकले गरेको निर्णय र पत्राचार प्रथम दृष्टिमा नै, गैरकानूनी,अवैध र दुराशयपूर्ण देखिदा सो निर्णय र पत्रको कार्वान्वयन हुन गएमा नेपालको संविधानले प्रत्याभुत गरेको प्रेस स्वतन्त्रतामाथि नै अनुचित हस्तक्षेप हुन जाने देखिएकोले उक्तनिर्णय र पत्रको कार्वान्वयनलाई रोक्नु वाञ्छनिय देखिएको अदालतको आदेशमा छ ।