Breaking

रविमाथि प्रचण्डको अर्काे धोका, आरजुलाई सभापति चिठ्ठा, उपेन्द्र तह लगाउन प्रचण्डले भित्र्याए राप्रपा


काठमाडौँ — दलहरुले संसद सुरु भएको सातमहिनापछिसंसदीय समितिमा सभापतिहरुको भागबण्डा टुंग्याएकाछन् । सत्तापक्ष र प्रतिपक्षबीचभएको सहमतिअनुसार नै भागबण्डागरि समितिको नेतृत्व टुंग्याईएको हो । सत्तागठबन्धनकादुई ठूलादल नेपालीकाँग्रेस र नेकपामाओवादी केन्द्रले संसदीय समितिमा त्याग गरि सानालाई फकाउने नीतिअख्तियार गरेपछिआइतबार सभापतिमा सहमतिमै उम्मेदवारी परेको छ ।

यसलाई कोशीको सत्ता सुरक्षादेखि सर्वदलीयअपनत्वउठाउनसमेत देउवाप्रचण्डतयारछन् भन्ने सन्देशप्रवाहगर्न चालिएको कदमका रुपमा हेरिएको छ ।यसले केन्द्रीय सत्ता राजनीतिलाई समेत सहजबनाएको छ । किनकिगौरहत्याकाण्डको विषयले बिच्किएर दिल्लीहानिएकाजसपाअध्यक्षउपेन्द्र यादवदेखि प्रतिपक्ष बेञ्चमाआसिन रास्वपा र राप्रपालाई समेतफकाउनगरि देउवाप्रचण्ड सहमतिमाआएकाछन् । तर समितिको नेतृत्वकालागिभने नेताहरुले आफ्नैलाई च्याप्नछोडेका छैनन् । काँग्रेस सभापति शेरबहादुर देउवाले कृषि, सहकारी तथाप्राकृतिक स्रोत समितिको सभापतिमाआफ्नै पत्नीआरजु राणालाई अघि सारेका छन् ।

यसबाहेक काँग्रेसले अर्थ समितिको सभापतिमा सन्तोष चालिसेलाई अघि सारेको छ ।राज्यव्यवस्थातथा सुशासन समितिमा रामहरि खतिवडालाई पठाएकाछन् । तर काँग्रेसभित्र देउवाले समितिको सभापतिमापनिएकलौटी गरेको भन्दै शेखर समूहअसन्तुष्ट बनेपछिसंसदीय सुनुवाई समितिको सभापतिविवादमा परेको छ ।जसमाजीवनपरियारलाई पठाउने तयारी थियो ।
त्यस्तै माओवादी केन्द्रले आफ्नो भागमा परेको दुईमध्ये एक राप्रपालाई छोडेपछिबाँकी रहेको कानुन, न्यायतथामानवअधिकार समितिमाविमला सुवेदीलाई पठाएको छ ।

प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डले आफ्नै पार्टीको भागमा परेको पूर्वाधार विकास समितिको नेतृत्वभने राप्रपालाई दिएकाछन् । यो समितिको सभापतिमामाओवादीकामाधव सापकोटालाई पठाउने तयारी थियो । तर कोशीको सत्ताजोगाउनढोक्साथाप्नुपर्ने भएपछि राप्रपाकादीपकबहादुर सिंहलाई उम्मेदवार बनाएर जानउनीतयार भएकाहुन् ।

तर उद्योग वाणिज्य र श्रम उपभोक्ता समितिको नेतृत्वकालागिभने नयाँउदाएकापार्टी रास्वपा र जनमतबीचभिडन्तभएको छ । दलहरुबीचको सहमतिमा सीके राउत नेतृत्वको जनमतबाटअब्दुलखानलाई सभापतिबनाउने तयार भएपनि रास्वपाले गणेश पराजुलीलाई उम्मेदवार बनाएको छ । सत्तागठबन्धनले कोशीबचाउन रास्वपालाई बाइपास हानेपछिएउटै समितिमादुई उम्मेदवारी परेको हो ।

दलहरुले प्रतिनिधिसभाका १० र संघीय संसदकादुई संयुक्त गरी १२ वटा समितिको नेतृत्वमाभागवण्डा गरेका थिए । जसमा नेकपाएमालेले एउटा संयुक्त समितिसहित सार्वजनिक लेखा समिति र महिलाबालबालिकातथा सामाजिक समितिको नेतृत्वलिएको छ । लेखा समितिमाएमालेले सांसद ऋषिकेश पोखरेललाई पठाएको छ ।

महिलाबालबालिकातथा सामाजिक समितिको सभापतिभने किरण साहले पाएकाछन् ।राज्यकानिर्देशकसिद्धान्त, नीति र दायित्वको कार्यान्वयनअनुगमनतथामूल्यांकन जस्ता संयुक्त समितिको नेतृत्वएमालेको भागमा परेको छ । तर विशेष समितिको निर्वाचनप्रक्रियाअघिनबढेको भन्दै एमालेले दुई समितिमात्रै सभापतिपठाएको छ ।

नेकपाएकीकृत समाजवादीकाभानुभक्तजोशीले स्वास्थ्य,शिक्षा र सूचनाप्रविधि समिति र जसपाका राजकिशोर यादवलेअन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिपाएकाछन् । सभापतिचयनको प्रक्रियाअघिबढेसँगै प्रतिनिधिसभाको निर्वाचनभएको नौ महिनापछिबल्लसंसदीय समितिले नेतृत्वपाउने संकेत गरेको हो ।

सरकार र सिंगो मन्त्रिपरिषद्लाई जनताप्रतिउत्तरदायीबनाउने काम संसदीय समितिमार्फत नै हुने भएपनि राजनीतिकदलको किचलोका कारणअहिलेसम्म समितिले नेतृत्वपाउन सकेको थिएन । तर, दुई संयुक्त सहित१२ विषयगत समितिमादलहरुले भागबण्डामिलाउँदाढिलै भएपनि समितिले सभापतिपाउने निश्चित बनेको हो ।