काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरूद्ध पनि मुद्दा दायर भएको छ ।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राउतविरूद्द मुद्दा नचलाउने तयारी गरेको थियो । तर, सरकारी वकिल कार्यालयले सरकारी किर्तेको कसुरमा उनीविरूद्ध मुद्दा लगाएको हो ।
‘सरकारी किर्तेको कसुरमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतमाथि मुद्दा दायर भएको छ’, जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्यूतमणि नेउपानेले नेपालखबरसँग भने ।
राउतलाई गत असार २४ गते काठमाडौँबाट विराटनगर जाने क्रममा पक्राउ गरिएको थियो । तर अदालतले साउन १५ गते उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । सीआईबीले २८६ जनाविरूद्ध मुद्दा चलाउने निर्णय गरे पनि सरकारी वकिलको कार्यालयले ४ जना थपेर २९० जनालाई प्रतिवादी बनाएको हो ।
प्रतिक्रिया