Breaking

ललितानिवासको सरकारी जग्गा प्रकरणबारेकिर्ते र संगठित अपराधका दफासहित अदालतमा मुद्दा दायर हुँदै


काठमाडौँ– सरकारी वकिलको कार्यालय काठमाडौँले ललितानिवास प्रकरणबारे आज अदालतमा अभियोजन दर्ता गर्दै छ । कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले शुक्रबार नै मुद्दा दर्ताको तयारी गरे पनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले आज काठमाडौँ जिल्ला अदालतमा अभियोजन दर्ता गर्न लागिएको जानकारी दिनुभयो । ललितानिवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेको विषयमा अनुसन्धान गरेको सीआइबीले २८६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।प्रतिवेदनमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेतलाई प्रतिवादी बनाइएको छ । सिआइवीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग भने सामान्य बयान मात्रै लिएर उन्मुक्ति दिएको आरोप लागेको छ ।