समाचार

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु


काठमाडौँ – बाँकेमा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका हुन् । बेपत्ता बर्माको शव प्रहरी फेला पारेको थियो । यसैबीच पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएका प्रहरीले जनाएको छ ।