Breaking

ओली–देउवाको घेराबन्दीबाट बाँचे नारायणकाजी, सुशासनले गृहको राजीनामा खोज्दै, आरजु र महरा दंग !


काठमाडौँ — सुसाशनको नारा लगाईरहेका गृहमन्त्रीकोकदममाथि नै प्रश्न, पछिल्ला प्रकरणमा सरकारी पक्षलाई उन्मुक्ति दिएको भन्दै सरोकारवाला सडकमा, गृहमन्त्री भन्छन् कसैलाई छोड्दिन । शुसाशनको नारा लगाईरहेका गृहमन्त्री नारायणकाजी घेराबन्दीमा परेको विश्लेषणका विच उनका कदममाथि नै प्रश्न उठ्न थालेको छ । अध्यागमन विभागका महानिर्देशक नै सुन प्रकरणमा लपेटिएपछिश्रेष्ठमाथि शंकाको सुई तेर्सिएको छ भने सत्ता जोगाउनकै लागि कसैलाई जोगाउने रणनिति समेत उनका लागि पासो बनेको हो । त्यसो भए के श्रेष्ठ विकल्पहिन भएका हुन त ?

वर्तमान सरकारको उपस्थिती देखाउने मन्त्रीका रुपमा चिनिएका गृहमन्त्री नारायणजी श्रेष्ठ आफ्नै कारण प्रश्नहरुले थिचिएका छन । फलत ः नैतिकताका आधारमा राजिनामा दिनुपर्ने भन्दै उठेको आवाजको औचित्य पुष्टि हुने आधार बन्दा प्रतिपक्षीको आरोपहरुलाई समेत वल पुगेको हो । सत्ताभित्रैपनि निशानाका केन्द्र बनेका उनीमाथि अहिले सुन तस्करसँग डिल गर्ने डीजीलाई मन्त्रालय तानेर बचाएको आरोप लाग्न थालेको छ ।

उनको प्रिय पात्रका रुपमा रहेका अध्यागनमनका महानिर्देशक झलकराम अधिकारीकै तस्करसंग सम्पर्क देखिएपछि गृहमन्त्रालय अन्तर्गतको कुनै संयन्त्रको हात नै नहुने तथा गृहमन्त्रीमाथि नैतिकताको प्रश्न नउठ्ने दावी समेत कमजोर भएको हो । त्यस्तै .भ्रष्टाचारको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवा गरेको आरोप खेपेका उनीमाथि ललिता निवासमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई बचाएको टिप्पणी पनि सुरु भएको छ ।

त्यस्तै कृष्णबहादुर महरालाई नौं किलो सुनतस्करीमा बचाएका उनले सुन तस्करीको अनुसन्धान राजस्वबाट खोसेर सीआईबीमा मातहत ल्याउनुमा समेत आफ्ना बचाउने प्रपन्च त थिएन भन्ने प्रश्न उब्जिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई अनुसन्धानमा नतानेको तथा सांसद सुनिल शर्मालाई अपरिपक्क ढंगबाट पक्राउ गरि प्रतिशोध साँध्ने काम गरेका उनको शुसानको आधार बनेको सिआईवीले सक्कली डाक्टरलाई नक्कली भनि प्रक्राउ गरेको थियो ।

यता गोरु काटेर भोज चलाउँदा पनि कानुनी दायरामा नल्याएकोभन्दै अर्को आक्षेप खेपेका उनलाई विगतमा काम गरेकै कारण घेराबन्दीमा परेको भन्दै प्राप्त भएको सहानुभूति समेत कम हुन थालेको छ । यद्यपी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडकको मोर्चालाई प्रभावकारी बनाउन निर्देशन दिन भने छाडेका छैनन् । राम्रो काम गरेकै कारण आफूमाथि प्रहार हुन थालेको भाष्य निर्माणमा लागेका उनी आफूले सुशासनका लागि अघि बढाएको कदमलाई निष्कर्षमा पुर्याएरै छाड्ने बताँउदै आएका छन ।

अहिले फेरिएको परिस्थितीमा गृहमन्त्रीमाथि प्रश्न उठाँउदैमा भ्रष्ट्रचारीको पृष्ठपोषक हुने पहिलेको अवस्था समेत परिवर्तन भईसकेको छ । यद्यपी राजनीतिक रुपमा छानविन समिति बनाएर प्रश्नबाट जोगिएका उनका लागि अहिले उठेका प्रश्नहरु भने नैतिक र नागरिकका प्रश्न मात्र हुन । जसले माहोल सिर्जना गरेपनि सत्ताबाटै हात धुुनुपर्ने अवस्थामा नपुग्ने फाईदामा श्रेष्ठ छन । चर्को सुनिदै आएको विपक्षी दललाई छानविन समितिको सहमती गरेर आफू वाचेको अवस्थामा पुगेको उनका लागि सरकारी साक्षीकै रुपमा भएपनि बाबुराम माधवसंग कागज गरेको वहाना भने छ ।

त्यस्तै महानिर्देशकलाई मन्त्रालय तान्नु कारबाहीकै एक प्रक्रिया भएको भन्दै सिआईवीले चाहे छानविन गर्न सक्ने अवस्था सिर्जना गरेर उनले आफूमाथिको आक्षेप पखाल्न सक्नेछन । जहाँ प्रधानमन्त्रीसंगै उनको विचार नमिलको तथा जो–जो भएपनि कारबाही गनुपर्ने अडानमा रहेको चर्चामा रहदाँ विपक्षीले देशको ईज्जत जोगाउन तस्करीको अनुसन्धान गर्नुपर्ने भन्दै दिएको नरम वोली समेत उनका लागि त्राण दिने अर्को आधार बनेको हो ।

हुन त आसेपासेले सादगीको विल्ला भिराएका श्रेष्ठ अनुचित काम गर्नुपर्ने अवस्थामा नरहेको भन्दै भएको चर्चाले समेत जनसमर्थन प्राप्त गर्ने ठाँउ छ । त्यस्तै सुनिल शर्मा पक्राउको विषय समेत कांग्रेसकै कारण भएको अर्को वहाना मिल्दा गठबन्धनले बनेको सरकारले मन फुकाएर काम गर्न नपाउने तर्क दिने ठाँउ पनि छ । त्यस्तै देउवाको झर्कोफर्को र ओलीको धम्की समेत पचाईसकेका श्रेष्ठलाई महराको बयानमात्र लिएपनि अहिलेसम्मका प्रश्न निस्तेज पार्ने अवसर छ ।

धेरै पेले अहिले रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थप जाहेरी लिने देखि गिरिबन्धु टिस्टेटको फायल अश्त्रका रुपमा प्रयोग गर्न सक्ने फाईदामा श्रेष्ठ देखिन्छन । शीर्ष नेताहरुकै निरन्तरको निशानापछि गृहमन्त्री श्रेष्ठ लत्रिएका छन् भने कुनै पनि ‘कान्ड’ अनुसन्धानमा आफूले खुट्टो नछाड्ने बताइरहेका उनी त्यो अनुसार अघि बढ्न सकेका छैनन् । तर त्यसको तार सरकारको सफलतासंगै जोडिने हुदाँ जस पाए आफूले र अपजस पाए सरकारले नै पाउने अवस्थाले उनीमाथि प्रधानमन्त्र निर्मम बन्न सक्ने ठाँउ छैन ।

फलत ः अहिले पर्ख र हेरकै अवस्थामा देखिएका श्रेष्ठले माहोल शान्त बनेपछि आफूमाथि उठेको उत्तर दिने विकल्प नरोज्लान भन्न सकिन्न । तर सत्ता गठबन्धननै धरमराउन थालेको अवस्थामा उनका लागि त्यो समय आउला नआउला त्यो भने भविष्यले नै निर्धारण गर्छ ।