काठमाडौँ — धरानमा गोरुको मासुसँग भोज लगाएको भिडिओ सामाजिक संजालमा सार्वजनिक भएसँगै यसले धार्मिक र जातिय द्धन्द निम्त्याउने खतरा बढेको छ । केही समूदाय गाईगोरु काटेर खान पाउनुपर्छ भनिरहेका छन् भने केहीले धर्ममाथि प्रहार भएको भनेर आक्रोश पोखिरहेका छन् । उसो त राष्ट्रिय जनावरको रुपमा रहेको गाई काटेर खान संविधानत बन्देज लाग्दा यो प्रतिबन्ध हटाउनुपर्ने आवाज नै उठ्न थालेको छ ।
भारतको मणिपुरमा भड्किएको जातीय हिंसाले सयौँ निर्दोष नागरिको ज्यान लिएको घटना ताजै छ । त्यहाँको द्धन्द व्यवस्थापन गर्न अझै पनि हम्मेहम्मे परिरहेको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नैतिक प्रश्नको बोझ बोकेर हिँडिरहेका छन् । त्यहि घटना सम्झाउनेगरी नेपालमा पनि सामाजिक सद्भाव खल्बल्याउने गतिविधि बढ्न थालेको छ ।सुनसरीको धरान उपमहानगरपालिकामा केही हप्ताअघि गोरु काटेर भोजभतेर गरेको घटना अहिले राष्ट्रियकरण भएको छ ।
सार्वजनिक रुपमा गोरु काटेर आपसी सद्भाव भड्काएर धार्मिक हिंसा गराउन खोजिएको भनेर कतिपयले टिप्पणी गरिरहेका छन् भने कतिपयले आफ्नो अधिकार प्राप्तीका लागि त्यसो गर्नुपरेको तर्क गरिरहेका छन् । बुद्धको देशमा एकअर्कामा द्धन्द चर्काउन नहुने र त्यसो नगर्न भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ्ले विज्ञप्ति नै निकालेर अपिल गरेका छन् ।
केही समयअघि मात्रै धरानमा हिन्दुहरुको मन्दिरसँगै चर्च बनेको विषयलाई उछाल्ने प्रयत्न भयो । हिन्दुवादी र क्रिश्चियनहरुबीच द्धन्द भड्काउने कोसिस यो । त्यो विषय सेलाउन नपाउँदै गोरुको मासु खान मिल्ने कि नमिल्ने भनेर अर्को विषय उठाएर सामाजिक सद्भाव भड्काउने प्रयास भईरहेको हो ।धरानमा धार्मिक साम्प्रादायीक हिंसा भड्किने सम्भावनालाई मध्यनजर गर्दै २४ घण्टे निशेधाज्ञा जै जारी भएको छ ।
शान्ति सुरक्षाको संवेदनशिलतालाईसमेत मध्यनजर गरेर जिल्ला प्रशासन कार्यलय सुनस।ीले २४ घण्टे निशेधाज्ञा जारी गरेको हो ।यो विषयले संसदमै पनि प्रवेश पाएको छ ।स्वतन्त्र सांसद अमरेश कुमार सिंहले साम्प्रदायीक हिंसा भड्काउने काम सरकारबाटै भईरहेको आरोप लगाएका छन् ।
आपसी सद्भावको वातावरण खल्बल्याउने काम यसअघि पनि नभएको होइन । टीकापुरमा आफ्नो जातिमाथि भएको अन्यायविरुद्ध थारुहरुले गरेको विद्रोहदेखि दलित भएकै कारण ६ जना दलित युवाको ज्यान जानेगरी भएको रुकुम पश्चिम घटना ताजै छ । जातीय पहिचानको मुद्दा बोकेर कोशी प्रदेशमा भड्किएको हिंसामा १ जनाले ज्यान गुमाएको घटना अस्ति भर्खरैको हो । त्यहाँ पहिचान पक्षधरहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका एमालेका नेताहरुलाई लखेटेका थिए भने अहिले पनि पहिचान पक्षधरहरुको आन्दोलन रोकिएको छैन । उनै ओली साम्प्रदायिक हिंसा भड्काउन केही शक्ति लागिपरेको र यसमा ठूलै समूह रहेको दाबी गर्छन् ।
उसो त केही समुदायले गाईगोरुको मासु यसअघि पनि खाने गर्दथे । तर, राष्ट्रिय जनावरलाई बध गर्न नमिल्ने कानुनी प्रावधान बन्दा गाईगोरुको मासु खाने केही समुदाय कानुनी कठघरामा उभिईरहनुपरेको छ । धरानमा पनि भएको त्यहि हो, गाईगोरुको मासु खाएकै भरमा जेल जानुपरेको र छुटेपछि खुसियालीमा फेरि गोरु काटेर भोज लगाईएको । बेलाबेला यस्ता घटना भईरहनुमा राजनीतिक एवम् सामाजिक जिम्मेवारी बोकेकाहरु पनि उत्तिकै दोषी छन् ।
केही समयअघि मात्रै शित्तल पाण्डेले तामाङ समुदायमा हुने विवाहको परम्परालाई लिएर दिएको अभिव्यक्ति विवादमा मात्रै आएन, देशका विभिन्न ठाउँमा आन्दोलन नै चर्कियो । नेकपा एमालेका नेता रघुजी पन्तले शेर्पा समुदायबारे दिएको अभिव्यक्ति पनि विवाद रहित बन्न सकेन, अहिले शेर्पा समुदाय सडकमा ओलिएको छ ।
आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडी बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता औँल्याउँछन् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको पहिचानको रुपमा नेपाली समाज रहेको रहेको छ । विविधताको पहिचानलाई जोगाउन सचेत भएर अघि नबढे जात र धर्मको नाममा फेरि रक्तपात हुन सक्नेतर्फ सबै सचेत हुनुपर्छ ।
नेपाल धर्मनिरपेक्ष बनेको केही वर्ष भयो भने यहाँ जुनसुकै धर्म मान्न पाउने स्वतन्त्रता छ । उसो त धर्म निरपेक्षता घोषणा हुनुभन्दा अघि पनिहिन्दु, बौद, मुस्लिमलगायत धर्म मान्नेहरु थिए । जातीय छुवाछुतमा जकडिएको समाज पनि गणतन्त्र स्थापनापछि ठूलै परिवर्तित भयो । सबै जातजाती, धर्मावलम्बीहरु आपसी सद्भावमा बस्दा बेलाबेला जात र धर्मको नाममा हिंसा भड्काउन खोज्नु ठिक होइन ।


प्रतिक्रिया