Breaking

विश्वका तस्कर नेपालमा, खोजी गर्दै नारायणकाजी, ठूला नेताकै कनेक्सन, देश कसले चलाउँदै ?


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मात्र नभई ठुला पार्टीका शिर्ष नेता र जिम्मेवार व्यक्तिहरुले नै यो देश अन्तैबाट चल्ने गरेको पटक पटक बताँउछै आएका छन । पछिल्ला घटनाक्रमले समेत राजनीतिमा मात्र नभई तस्करी समेत उनीहरुकै ईशारामा चल्ने प्रष्टीदा नेपाल भने चलखेल र तस्करीको अखडामात्रै बन्न थालेको देखिएको हो । जहाँ शुसासनका लागि काम गर्ने बताएको अहिलेको सरकार समेत आफ्नै वोलीमा नटिक्दा के यो देश विचौलिया र तस्करले नै चलाउछ त भन्ने प्रश्न अझ अहम बनेको छ ।

एकाएक खुल्न थालेका विभिन्न प्रकरणका फायलहरुमा राज्यसंयन्त्र नै लागि परेर तस्करी र अनियमितता भएको देखिदाँ भिआईपीहरु समेत अहिले जेलमा छन । जसमा गृह जस्तो मन्त्रालयको नेतृत्वकर्ता देखि वहालवाला सचिवहरु समेत मुछिदाँ सुन प्रकरणले अर्को तरंग ल्याएको हो । जुन प्रकरणमा नेपालका मात्र नभई भारत, चीन र वेल्जियमका नागरिकसम्म मुछिदा चीनका नागरिक त पक्राउ नै परिसकेका छन ।

अझ गज्जब त विगतबाटै विवादित पृष्ठभूमि भएका र नेपालमा हुने गरेका अपराधिक घटनामा चिनियाको बढ्दो संलग्नताका विच माओवादी कै शिर्ष नेताहरुको हिमचिम देखिएको छ भने विचौलियाकै ईशारामा कसरी प्रधानमन्त्री देखि कार्यालय सहयोगीहरु चल्छन र अनियमितता हुन्छ भन्ने उदाहरण ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरण बनेका छन जसलाई अन्त्य गर्न सरकार लागि परेको प्रधानमन्त्रीको दावी कै विच सत्तारुढ दल कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको आरोप लगाएका छन ।

सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताएका उनले अपराधको घटनामा विदेशी नागरिक समेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरुको अखडा बन्दै गएको आफूले बुझेको बताएका हुन ।

दोहोरो नागरिकता देखि अन्य अपराधमा समेत संलग्न उनीहरुले अध्यागमन विभागका महानिर्देशकसम्मै सिधै पहुँच बनाएर बारम्बार तस्करी गरेको देखिदाँ नेपालका कर्मचारी र नेताहरु भने सहयोगीका रुपमा देखिएका छन । एक पार्टी एक प्रकरणकै अवस्था समेत देखिदाँ साधारण तस्करले कसरी देश नै प्रयोग गर्न सक्छ र नेपाली नेता र कर्मचारीको हैसियत के रहेछ भन्ने समेत यसले प्रष्ट पारेको हो ।

अर्थात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै नेपालको नेतृत्व गर्न कसरी साधारण भारतीय व्यवासायीको समेत साथ चाहिन्छ भन्ने सार्वजनिक अभिव्यक्ति नै दिईसक्दा साधारण तस्करले समेत कसरी नेता किन्न सक्छन भन्ने अर्को दृश्य देखिन थालेको हो । जसले देश नै विचौलिया र तस्करहरुको चलाउने गरेको आक्षेपलाई समेत मलजल गर्दा प्रतिपक्षले सुन प्रकरणमा सत्तारुढ दलकै नेताहरु संलग्न रहेको आरोप लगाँउदै आएको छ ।

पक्राउ परेको सुन पनि सरकारको सक्रियताले नभई तस्करहरको कुरा नमिल्दा मात्र बरामद भएको उसको दावीका विच अनुसन्धानमा देखिएको पक्षधरताले समेत आरोपलाई वल पुर्याएको छ । यी खोलिएका फायलहरु समेत प्रतिपक्षीलाई फसाउन सकिन्छ कि भनेर खोलिएको बताँउने एमाले महासचिव शंकर पोखरेल नक्कली भुटानी शरणार्थी प्रकरण समेत अमेरिकाको दवावका कारण खुलेको बताउछन ।

फायल खोल्ने तथा आफ्नातर्फ निशाना लाग्न थालेपछि पछि हट्ने कामले समेत सरकार किन र कसका लागि काम गरिरहेको प्रष्ट हुन थालेको छ । जहाँ वरिष्ठ अधिवक्ता विष्णु भट्टराई त बरामद भएको सुन पक्राउ गर्न पनि सरकार तयार नै नभएको दावी गर्छन । खोलिएका फायलमाथि अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुको सरुवाले समेत सरकार बाध्यताले यसका लागि तयार भएको प्रष्ट देखिदाँ नाम जोडिएकाहरु पनि वयानदिन सम्म जान नपर्नु अर्को प्रमाण भएको उनको तर्क छ ।

हुन पनि प्रधानमन्त्री प्रचण्डले नै यहाँ अरु कसैले देश चलाईरहेको भन्दै लाचारी प्रस्तुत गर्दै आएका छन भने विकसित घटनाक्रमले समेत त्यसलाई प्रमाणित गर्दै लगेका छन । जहाँ सरकारको कदमप्रति स्वयम सत्तारुढ दलकै नेताहरुलाई समेत विश्वास नलाग्ने अवस्था छ भने विपक्षीले लगाएका आक्षेपहरु समेत वलिया बन्न थालेका छन । आखिर आफ्नै कदम विरुद्ध सरकार किन अघि बढ्दै छ भन्ने अर्को प्रश्न समेत यसले उब्जाउदाँ तस्कर र विचौलिया सरकार भन्दा वलिया हुन थालेको समेत छर्लङ बनेको हो ।