Breaking

प्रचण्डलाई ओलीको चुनौती – हतकडी होइन गोली हान्न सक्छन्, गिरीबन्धुको जवाफ दिँदा रन्किए ओली


काठमाडौँ — चर्चामा आईरहने एमाले अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिमा सत्तालाई तिखो प्रहार गरिएको हुन्छ । प्रचण्डले फागुन १२ मा धोका दिएपछि त्यो श्रृखंला झन व्यापक बनेको छ । आजमात्रै ओलीले आफुलाई गोली हान्न सक्ने आशयको अभिव्यक्ति दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, ‘मलाई गोली हान्न सक्छन्, तर हतकडी लगाउन सक्दैनन् ।’ एउटा शक्तिशाली पार्टीको अध्यक्ष र पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिबाट आएको अभिव्यक्ति चानचुने छैन । ओलीलाई कसले गोली हान्न खोज्यो भन्ने सवालको विजारोपण यसले गरेको छ । तर पछिल्लो समय ओली पक्राउ पर्छन् भन्ने दाबीसहित सार्वजनिक भएका भनाईलाई लक्षित गरि ओली बोलेको देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार काण्डका फाइलहरु खोल्ने र बीचमै अलमल पार्ने श्रृखंला सुरु गरेको छ । यसअघि नै खोलिएका फाइलहरुले निष्कर्ष भेट्टाएका छैनन् । तर ओली जोडिएको गिरीबन्धु टि–स्टेटको जग्गा सट्टाभर्नासम्बन्धि फाइल खोल्ने चर्चाले ओलीलाई झस्काईरहेको छ ।

फलतः ओलीले सोही विषयमाथि टेकेर हिजो आफु मन्त्री वा प्रधानमन्त्री हुँद आफुले कानुनी रुपमा हतकडी लगाउने ठाउँ नछोडेको तर प्रतिशोध साँधेर आफुलाई गोली हान्न सक्ने ठाउँ रहेको दाबी गरेका हुन् । गिरीबन्धुकै चर्चा पछि बुधबारमात्रै ओलीले त्यो छानबिन गर्न आवश्यक नै नभएको तर सरकार चाहे गरोस् भन्ने जवाफ दिएका थिए ।

एमाले अध्यक्ष ओलीको बोली यसै फुटेको होइन । सरकारले आफ्नाविरुद्ध कुनै निर्णायक कदम चाल्नसक्छ भन्ने बुझेरै फुटेको हुनसक्ने भाव ओलीको भनाईमा झल्किन्छ । किनकि केहीदिनअघिमात्रै सम्पादकहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले गिरीबन्धुको फाइल पनि विस्तारै खोल्ने दाबी गरेका थिए ।

हरेक मुद्दामा सरकारलाई अफ्ठ्यारो पार्ने गरि कदम चालिरहेका ओलीलाई साइजमा राख्न हो ? वा साँच्चिकै कसैलाई नछोड्ने नियतीका साथ हो ? अथवा फाइल खोलेर बीचमै कुनै सौदावाजी गर्न हो ? प्रधानमन्त्रीले फाइल खोलेरै छोड्ने संकेत गरेका छन् । झन सत्तापक्षकै सांसदले ओली एकबर्षभित्रै पक्राउ पर्ने शंकास्पद अभिव्यक्ति दिएपछि ओली आक्रोशित हुनु वा भड्किनुले अर्थ दिएको छ ।

राष्ट्रिय राजनीतिमा एकपछि अर्काे हार्दै आएका ओलीको छटपटी बढ्नु स्वाभाविकै हो । तर मर्ने मार्नेसम्मका अभिव्यक्ति आउनुको अन्तर्य बुझ्न कठिन छ । ओली राष्ट्रिय राजनीतिमात्रै होइन, आफ्नै पार्टीभित्र पनि घेराबन्दीमा छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउन नेताहरुले गृहकार्य चलाएपछि ओली यसैपनि रुष्ट छन् । ओलीका एजेन्डालाई कुनै पनि पार्टीले पत्याइरहेका छैनन् ।

हिजोसँगसँगै हिडेका रास्वपा र राप्रपा पछिल्लो उच्चस्तरिय छानबिन समिति बनाउने एमालेको मागमा सकारात्मक थिएनन् । तैपनि संसद बन्दका बन्दै भएपछि सरकारले एमालेको मागलाई सम्बोधन गरेको छ ।सधैं वाहवाही हुने बा ब्राण्डको भ्यालु हिजोआज बालकोटमा घट्न थालेको छ । त्यसको कारण भने, ओली सत्ताको खेलमा हारेका छन् । सत्ता नभए पछाडी लाग्ने कार्यकर्तासमेत रहँदैनन् । अर्काे हरेक भ्रष्टाचारका फाइल खोलिँदै ओलीकै नाम अग्रभागमा आउने गरेको छ ।

कतै न कतै उच्चस्तरिय छानबिन समितिकै माग गरेर एक महिना संसद बन्द गर्नुका पछाडी आफु जोडिएका भ्रष्टाचारका काण्डमा सौदाबाजी खोज्न रचिएको अस्त्र त होइन ? शंका गर्न थालिएको छ । फलतः ओली कसैको डरमा छन् तर आफ्नै बोलीको भरमा छैनन् ।