Breaking

फैसलाले रिसायो कांग्रेस, सांसदलाई पैसा पाउने बाटो बन्द, राप्रपालाई गोरुको मायाँ, लम्पीमा राहत


काठमाडौँ — संघ र प्रदेशका सांसद विकास कोष कार्यक्रमलाई सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेशमार्फ रोकलगाएसँगै सांसदहरु रुष्ट बनेका छन् । संसदमा सत्तापक्षकै सांसदलेसर्वोच्चको निर्णयमाथि नै प्रश्न उठाउँदै आपत्ति जनाएका छन् । सांसद् विकाश कोषको व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश जारी भएसँगै सत्तापक्षकै नेताहरुले आपत्ति जनाएका छन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको दाबी गरे । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै उनले राज्यका तीन अंगले अर्काको सीमामा हस्तक्षेप गर्दा लोकतन्त्रलाई कमजोर पार्ने काम हुने ठोकुवा गर्दै अदालतको निर्णयमाथि प्रश्न गरेका छन ।

देशभर लम्पी स्कीन रोगले महामारीको रुप लिँदै गर्दा नियन्त्रका लागि बजेट छुुट्याइएकोबारे सदनमार्फत जानकारी गराइएको छ । ५ महिनासम्म लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका छन् । त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशु मरेका छन् । लम्पीस्कीन रोगले महामारीको रुप लिइरहेका बेला कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताए ।

मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक पालिकामा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको र खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको बताए ।

पछिल्लो पटक धरानमा राष्ट्रिय जनावरकै मासुको भोजभतेर गरेकोभिडियो सार्वजनिक भएपछि सदन र सडकबाटै आवाज उठिरहेको छ । बिहीवारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहलेराष्ट्रिय जनावरलाई काटेर भोजभतेर गरेर मिडियामा देखाइरहँदा समेत सरकार बोल्न नसकेको भन्दै आपत्ति जनाए । यही निहुँमा धार्मिक द्वन्द्व हुनेसक्ने भन्दै राप्रपाले चिन्ता व्यक्त गरेको हो ।

प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्नोत्तर गर्ने भएका छन् । सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमबारे जानकारी गराएका हुन् ।प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनेछन् । सभामुख घिमिरेका अनुसार यस पटक समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउनेछन् ।झण्डै एक महिनापछि बुुधवार (हिजोदेखी) सुुचारु भएको बैठकमा बिहिवार भने जनजीविकाका विषयले प्राथमिकता पाएका छन् ।