राजनीति

ललितानिवास जग्गा प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस


काठमाडौँ– प्रहरीले ललितानिवास जग्गा प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । यसमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन रायदिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमाबुझाएको रायसहितको अनुसन्धानप्रतिवेदनमा रामकुमार सुवेदी, उनकीपत्नीमाधवी सुवेदी, शोभाकान्तढकाल, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह काठमाडौं–५ का तत्कालीन वडा सचिव शिवजी भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको हो ।

उनीहरु पक्राउ परिसकेका छन् ।भूमिसुधार तथा व्यवस्था विभागका रुद्रकुमार श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनियर डिभिजन इञ्जिनियर बालकृष्णश्रेष्ठ, तत्कालीनमालपोत कार्यालयकाप्रमुखकलाधर देउवालाई पनिप्रतिवादीबनाउन सीआईबीले रायदिएको छ ।भूमि सुधार तथाव्यवस्थामन्त्रालयकातत्कालीन सचिव रवीन्द्रमानजोशी, दिनेशहरि अधिकारी, भूमिसुधार मन्त्रालयकातत्कालीन सचिवयुवराज भुसालविरुद्धपनिमुद्दाचलाउन सीआईबीले भनेको छ ।सीआईबीले पूर्वभूमिसुधार तथाव्यवस्थामन्त्रीचन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, भौतिक योजनातथानिर्माणमन्त्रालयकामन्त्रीविजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाहलगायतलाई पनिप्रतिवादीबनाउन सीआईबीको सझाव छ ।ललितानिवासको सरकारी जग्गाव्यक्तिको नाममानामसारी गरेको प्रकरणमा सीआईबीले किर्ते र संगठितअपराधमुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर सीआईबीले जिल्ला सरकारी वकिलकार्यालयमा रायसहितको प्रतिवेदनबुझाइसकेको छ ।