Breaking

आज पनि बस्दै प्रतिनिधिसभा बैठक


काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।

बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक बुधबारदेखि नियमित बस्न थालेको हो।

हिजोको बैठकमा बोल्ने विभिन्न राजनीतिक विपक्षी पार्टीका नेताले विपक्षी दल र तिनका नेतामाथि विभिन्न आरोप लगाएका छन्।

आजको बैठकमा एउटा मात्रै कार्यसूचि राखिएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ।