Breaking

ओलीमाथि भ्रष्टाचारको डण्डा, गिरीबन्धुको फायल खोल्ने तयारीमा गृह, भारत र चीन पनि रिसाए


काठमाडौँ — प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन, नेकपा एमालेलाई गलाउन आफ्नो सबै शक्ति परिचालन गर्न छाडेको छैन । संसदको दोस्रो शक्ति, प्रतिपक्ष कित्ताको नेतृत्व गरे पनि एमालेलाई प्रतिपक्षको समेत साथ छैन भने राष्ट्रिय राजनीतिमा पनि एक्लो बनेको एमाले र अध्यक्ष ओलीलाई कम्युनिष्ट शक्तिहरुले नै चौतर्फि घेराबन्दी गरिरहेका छन । नेकपा एमालेकम अध्यक्ष के.पी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकले अर्कालाई सघाएर पटक पटक मुलुकको नेतृत्वमा पुगेको इतिहास छ ।

ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको सहयोग रह्यो त कहिले प्रचण्ड प्रधानमन्त्री बन्नमा ओलीको सहयोग । पछिल्लो उदाहरण पुष १० मा ओलीकै सहयोगमा प्रचण्ड प्रधानमन्त्री बनेको यथार्थ हामीमाझ छ । तर तत्कालिन नेकपा विभाजन यता ओली–प्रचण्डबीचको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन । पुष १० मा बालकोटमा पुर्नमिलन त भयो तर उनीहरुबीचको सहकार्य तीन महिना टिक्न सकेन । त्यसयता झन यी दुई शीर्ष नेतृत्वबीचको सम्बन्ध थप तिक्ततापूर्ण छ ।

नेकपा विभाजनको मुख्य कारक मानिएको ओलीविरुद्ध प्रधानमन्त्री प्रचण्ड, ओलीसँग विद्रोह गरेर एमालेबाट छुट्टीएर नयाँ पार्टी खोलेका एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल ओली सिध्याउने खेलमा छन । सरकारको भ्रष्टाचार विरुद्धको अभियान एमाले लक्षित जस्तो देखिएको छm जसको कारण एमाले नेताहरु बदनाम छन । आ–आफ्नो राजनीतिक जीवनमा अघि बढि सके पनि एकले अर्कालाई आरोप–प्रत्यारोप गर्न उनीहरु पछि पर्दैनन् । पाँच दलिय समाजवादी मोर्चामार्फत अन्य कम्युनिष्ट शक्तिहरु पनि माधव प्रचण्ड क्याम्पमै सामेल हुँदै ओली विरुद्ध एकजुट छन ।

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलिय बैठकमा ओली उपस्थिति नभएपछि माधव नेपालले सर्वदलिय वैठकमा आफ्नो छायाँ परेको ओली वैठकमा नआएको टिप्पणी गर्न भ्याए । राजनीतिक प्रतिशोधमै रहेका अध्यक्ष नेपालले मात्र होइन ओली त्यागेर नेपालको साथ रोजेका नेताहरु समेत ओलीविरुद्ध विष वमन गर्न कुनै मौका छोड्दैनन् । पूर्वमन्त्री भईसकेका, पार्टीका प्रमुख सचेतक समेत रहेका एकिकृत समाजवादीका नेता मेटमणि चौधरी यस्तो अभिव्यक्ति दिन्छन् ।

सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिको अल्टिमेटम बनाएको एमाले तत्काललाई सीआईबीले नै गरिरहेको अनुसन्धानलाई विश्वास गर्ने भएको छ । असोज ५ गतेपछि आयोग बनाउने सर्तमा तत्काललाई सीआईबीकै अनुसन्धानमा विश्वास गर्न एमाले तयार भएपछि सदन सुचारु भएको हो । गिरीबन्धु टि स्टेटको फाइल खोल्ने डर, नक्कली भुटानी शरणार्थी होस् या अन्य भ्रष्टचार मुद्धामा सरकारसँग शसंकित एमाले यदि सुन प्रकरणको छानविन निष्कर्षमा नपुगे यसको दोष एमालेको काँधमा पुग्ने पक्का छ । राष्ट्रिय राजनीतिमा कम्युनिष्ट शक्तिको बर्चश्व छ ।

तर नेतृत्वको राजनीतिक स्वार्थ र पदिय लाभमा आ–आफ्नो पसल खोलेर बसेका छन । आफ्नो पसल चलाउन अर्को पसल सिध्याउने खेलमा कम्युनिष्ट शक्तिहरु सक्रिय छन । अहिले स–साना कम्युनिष्ट शक्तिहरु मिलेर एमाले र मुख्यत ओली घेर्ने नीतिमा सक्रिय छन ।