Breaking

ललितानिवास प्रकरणमा आफ्ना मान्छेहरु पर्न थालेपछि सरकारले सुनपानी छर्केर चोख्याउने काम गर्यो: रवि लामिछाने


काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरुलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान सरकारको सुशासन आफ्ना पार्टीका मानिसहरु नपरुन्जेलमात्रै सिमित रहेको बताउनु भयो । आफ्ना मान्छेहरु पर्न थालेपछि सुनपानी छर्केर चोख्याउने काम भएको उहाँको आरोप थियो । उहाँले सुन प्रकरणमा सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै सरकार सुस्ताएको बताउनु भयो । उहाँले सरकारको सुशासन आफ्नो ढोकासम्म आउनेमा मात्रै सिमित रहेको बताउनु भयो ।