Breaking

अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न छन् , यही वर्ष पक्राउ पर्छन: मेटमणि चौधरी


काठमाडौँ– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गर्नुभएको छ । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाउनुभयो । चौधरीले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको रु भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताउनुभयो । उहाँले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरुद्ध गरिहेको आरोप लगाउनुभयो ।