राजनीति

भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्थामा छ: प्रदीप पौडेल


काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता भ्रष्टचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द खतरा रहेको पौडेलको भनाई छ ।