Breaking

राष्ट्रिय सभा बैठक सवा ३ बजेसम्मका लागी स्थगित


काठमाडौँ – आज बस्ने राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ ।

मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने सङ्घीय संसद् सचिवालयले सूचना निकालेर जानकारी गराएको छ । सङ्घीय सांसदका महासचिव डा। भरतराज गौतमले १ बजेको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक पनि आजै दिउँसो ३ बजे बस्दैछ । त्यसअघि दलहरूबिच सदन सुचारु गर्नेबारे सहमति हुँदैछ । सोमबार राति भएको छलफलमा एमालेको माग बमोजिम तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको थियो । सोही अनुसार एमाले, कांग्रेस र माओवादीका एकरएक जना नेता रहनेगरी कार्यदल गठन भएको छ । उक्त कार्यदलले आयोगको टिओआर तयार पार्ने र त्यसलाई शीर्ष नेताले अनुमोदन गर्ने तयारी छ । सोमबार भएको सहमतिअनुसार एमालेले आजबाट सदन चल्न दिने बताइसकेको छ ।