समाचार

पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते


काठमाडौँ – पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ पाँच जना घाइते भएका छन् ।

माथागढी गाउँपालिका–२ बाँसटारी झडेवा सडकको भित्री खण्डमा सोमबार बेलुकी भएको दुर्घटनामा माथागढी–२ दोहोराका ३८ वर्षीय वेदप्रसाद भुसालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

ग्याबिङ जाली बोकेको लु ४ त ६६३२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडक छेउको पिल्लरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका माथागढी–२ का ३६ वर्षीय रिपबहादुर सारु, ४४ वर्षीय गोविन्दबहादुर सारू, ३० वर्षीय नरध्वज सारु, २५ वर्षीय सरोज सारू र ३५ वर्षीय टोपबहादुर सारूको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ ।