Breaking

मैले ‘एक्टिभिजम’ देखाउन खोजेको होइन : राष्ट्रपति पौडेल


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको चिन्ताले सर्वदलीय बैठक राखेको बताएका छन् ।

आज बिहान शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा उनले आफू कुनै सक्रिय हुन खोजेको नभई राष्ट्रप्रतिको चिन्ताले दलहरूसँग छलफल गरेको बताएका हुन् ।

‘यो मैले एक्टिभिजम देखाउन खोजेको होइन’, उनले भने, ‘म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन। तपाईंहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो।’