Breaking

शीतल निवासमा सर्वदलीय बैठक जारी


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ ।

पूर्वनिर्धारित कार्यक्रमबमोजिम राष्ट्रपतिले आज बिहान सबै राजनीतिक दललाई छलफलका लागि शीतल निवास बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल सहभागी छन् । खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्‌मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो ।

तर यसबीच (सोमबार राति) संसद्को अवरोध हटाउन एमाले तयार भइसकेको छ । आजैबाट संसद् बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ ।

आजको सर्वदलीय बैठकमा राष्ट्रपतिले दलहरूसँग देशका अन्य समसामयिक विषयमा छलफल गर्ने शीतल निवास स्रोतले जानकारी दिएको छ ।