Breaking

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेले गर्‍यो बहिष्कार

काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सर्वदलीय बैठक शुरु भएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेक संसदिमा प्रतिनिधित्व गर्ने दल सहभागी छन्। राष्ट्रपतिले अनावश्क सक्रियता देखाएको भन्दै एमाले असन्तुष्ट भएको हो।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले संसदमा निरन्तर अवरोध गरेपछि राष्ट्रपति पौडेलले चासो व्यक्त गर्दै सर्वदलीय बैठक बोलाएका हुन्।

यसअघि उनले उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र केही दलका नेतासँग समेत छलफल गरेका थिए।

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सर्वदलीय बैठक शुरु भएको छ।