Breaking

राष्ट्रिय सभाको बैठक आज बस्दै


काठमाडौँ – राष्ट्रियसभाको बैठक मंगलबार बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची छ।

बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची छ।