Breaking

‘माधव नभए पनि पार्टी चल्छ, ओलीको मुख होइन एजेण्डा नभएर पार्टी फोडेका हौँ’


काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको टकराबकै कारण टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको संगठन थप जिर्ण बन्दै गईरहेको छ । एमालेलाई नै देखाईदिने भनेर नेकपा एकीकृत समाजवादीका केही नेताहरु नै पार्टीको भविश्य छैन भन्दै पुरानो पार्टी प्रवेशको क्रम जारी छ । जिर्ण बन्दै गएको पार्टीलाई थप सुदृढिकरण गर्ने भन्दै पार्टी नेतृत्व आन्तरिक छलफलमा जुटेका छन् ।

एमाले अध्यक्ष ओलीसँगको तिक्तताकै कारण नेकपा एकीकृत समाजवादी नामको नयाँ पसल खोलेका माधव कुमार नेपाल पछिल्लो समय थकित मुद्रामा देखिन्छन् । एकपछि अर्का प्रभावशाली नेताले पार्टी छोड्दै जानु, आफू स्वयम् पनि ललिता निवास जग्गा प्रकरणमा मुछिँदा उनी दोहोरो मारमा छन् । ललिता निवास प्रकरणमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सुनपानी छर्किने प्रयास गरिदिँता पनि नेपाल भने आफ्नै पार्टीपंक्तिबाट भर पाईरहेका छैनन् ।

भर्खरै मात्रै सीआईबीलाई बयान दिएर बसेका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष नेपालको निन्द्रा हराउन पार्टीपंक्ति र आफ्नैमाथि सोझिएको भ्रष्टाचारको फाईलले काम गरिरहेको छ । पार्टी विस्तारै जिर्ण बन्दै जाँदा नेपाल नेतृत्वको नेकपा एस अहिले आन्तरिक छलफलमा जुटेको छ । सोमवार पोटिलव्यूरो वैठक बसेको समाजवादीले भदौ पाँच गते मंगलवारका लागि केन्द्रिय समिति वैठक डाकेको छ ।

पार्टी स्थापनाको दुई वर्षमा ओलीबाट ‘किक आउट’ भएका घनश्याम भुसाललाई पार्टीमा भित्¥याएर महासचिव बनाउनेबाहेक औँलामा गन्न सकिने अरु उपलब्धि एकीकृत समाजवादीको छैन । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा आफ्नो भागमा पनि सत्ताको बागडोर आउने सहमति गरेको दिनलाई सम्झेर फेरि एकपटक प्रधानमन्त्री बन्ने सपना बन्दैमा अध्यक्ष माधव नेपाललाई ठिक्क छ ।

पदीय लोलुपमै रहेर प्रधानमन्त्री प्रचण्डको पछि पछि लागेर हिँड्दा आफ्ना नेता कार्यकर्ता भने धमाधम साथ छाड्दै गएका छन् । फलतः उनलाई पछिल्लो समय भुईँको टिप्न खोज्दा पोल्टाको खसेकोजस्तै भईरहेको छ । सचिव रामकुमारी झाँक्रीहरुले नै पार्टीमा विद्रोहको गीत घन्काईरहँदा केही नेताहरु भने यहि पार्टीभित्र भविश्य निर्माण गर्न खोजिरहेका छन् ।

माधव कुमार नेपालले पार्टीको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित केही नेताहरु नेतृत्वको विकल्प खोज्नसमेत थालेका छन् । नेतृत्वको दाबीकर्ताको रुपमा सम्मानित झलनाथ खनालसमेत लाईनमा छन् । महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व पाउने आगामि राजनीतिक गोरेटो सुन्दर बनाउने उदेश्यले केही नेताहरु माधव नेपालको ईत्तरतिर लागेका छन् । राजनीतिक भविश्य सुनिश्चितताकै लागि समाजवादी मोर्चातिर नेतृत्व लाग्दा नेता÷कार्यकर्ता भने आफ्नो संगठन मजबुत बनाउन नसकेको भन्दै नेतृत्वप्रति आक्रोशित छन् ।