Breaking

आजै विश्वासको मत लिने सम्भावना देखिएन,अर्को दिनलाई तोक्छौँ : मुख्यमन्त्री थापा


काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने सम्भावना नरहेको बताएका छन्।

विराटनगरस्थित होटल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्।

‘आफैँले बोलाएको बैठक उपसभामुखले दिएको समय थियो। उहाँ नै अनुपस्थित हुनुभयो। उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो,’ थापाले भने, ‘उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्छ। आजै विश्वासको मत लिने सम्भावना देखिएन। सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ।’

यद्यपि, कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर त्यसबारे औपचारिक निर्णय गर्ने उनले बताए। ‘कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने।

थापाले बजेट प्रतिस्थापन गरेर अगाडि बढ्ने पनि बताए। बजेट प्रतिस्थापन गर्नका लागि आगामी भदौ १० गतेसम्म समयावधि रहेको छ। उनले विश्वासको मत लिने विभिन्न तरिका र उपायहरू रहेको बताउँदै आफूले निर्धारित समयमै विश्वासको मत पाउने पनि दाबी गरे।

‘विश्वासको मत लिने सम्बन्धमा हामीलाई ३० दिनको समय दिएको छ। त्यो अवधिभित्र विश्वासको मत लिन्छौं,’ थापाले भने।

प्रदेशमा प्रदेशसभाभित्र रहेका दलहरुका बीचमा सहमति, सहकार्य र एकता गरेर प्रदेशको स्थायित्व दिन र विकासका काम मिलेर गर्न आफूहरुले उदारता अपनाए पनि एमालेले एउटा भनेर अर्को काम गरेको उनले टिप्पणी गरे। ‘एमालेले सल्लाह एउटा गर्ने, कुरा एउटा गर्ने काम अर्को गर्ने भयो।

विश्वासको मत लिने समयमा अनुपस्थिति हुने हो भने आफैंले किन समय दिएको रु समय नदिएको भए हुन्थ्यो निरु,’ थापाले भने। उनले उपसभामुख सिर्जना दनुवारले संसदीय व्यवस्थाभित्र द्वन्द्व सिर्जना गर्न खोजेको र अलोकतान्त्रिक कदम चालेको पनि दाबी गरे।