Breaking

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरीकर्ताले उठाए सुनुवाइ प्रक्रियामा प्रश्न


काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्धका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ । उजुरीकर्ता एसके तिमिल्सिनासँग समितिले छलफल सुरु गरेको हो ।

आफूलाई अधिवक्ता, लेखक र अनुवादक भनेर चिनाएका उनले आफू विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिसको विरुद्धमा नभएको तर सिफारिस गर्ने संवैधानिक परिषदको बैठक र निर्णय संविधानसम्मत नभएको बताएका छन् । संसदीय सुनुवाइ प्रक्रियामा नै प्रश्न उठाएका छन् ।
गैरसंवैधानिक सिफारिस अनुमोदन गर्न नहुने उनको जिकिर छ । न्याय व्यवस्था लागू गर्ने निकायको प्रमुख संविधानसम्मत नियुक्त हुनुपर्ने कि नपर्ने रु भन्दै उनले यदि यो माग सम्बोधन नभइ सुनुवाइलाई जबरा शासन ९राणाशासन० भन्नुपर्ने उनको जिकिर छ ।

उनीसँगको छलफल सकिएपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सुनुवाइ गर्ने समितिले जनाएको छ ।