Breaking

समाजवादी मोर्चाको बैठक आज बस्दै


काठमाडौँ – चार दल समाजवादी मोर्चाको बैठक आज बिहान बस्दै छ ।

बैठक बिहान साढे सात बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने सम्भावना छ । साथै सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । बैठक आइतबार बस्ने भनिए पनि तयारी नपुगेपछि सोमबार बिहानका लागि सारिएको नेताहरुले बताएका छन् ।