Breaking

सत्तारुढ दल एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आजदेखि


काठमाडौँ– सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठकआज सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज र भोलि बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । वर्तमान परिस्थिति र पार्टीको आगामी कार्यभारबारे पोलिटब्यूरो सदस्यहरूले धारणा राख्ने छन् । पोलिटब्यूरो बैठकपछि भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्ने बताइएको छ ।