Breaking

आज प्रतिनिधि सभाको बैठक बस्दै


काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न जानकारीहरु दिने कार्यसूचि रहेको छ ।

यस्तै, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने पनि कार्यसूची छ । यसैगरी आइतबारको बैठकमा एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन तथा सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउने कार्यसूची रहेको छ ।