Breaking

प्रहरीमा खैलाबैला, चलखेलमै भो सरुवा, प्रचण्डमाथि देउवा हाबी, माधव–महरा जोगिदा आरजुमा डर !


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी निकायहरु प्रति विश्वास जागृत गनूपर्छ भन्दै राष्ट्रिय राजनीतिसमेत रोकेर सिआईवीलाई सुन प्रकरणमा साँचो सुम्पिरहेकाछन् । तर पछिलो समय प्रहरीको सरुवमा गठबन्ध भित्रकै दबाव र आफ्ना नेता जोगाउन नेतृत्वको रस्साकसीले प्रहरी संगठन माथिको हस्तक्षेप छताछुल्ल भएको छ ।

प्रचण्ड सरकारले फायर खोलको नेपालको बहुचर्चित ३ काण्ड १. नक्कली भुटानी शरणार्थी प्रकरण २. ललिता निवास जग्गा प्रकरण ३. ६० किलो सुन प्रकरण । यध्यपी यी तीन काण्ड मध्ये भिआईपीहरुलाई जेल पठाएको नक्कली भुटानी शरणार्थी प्रकरणको साइड इफेक्ट अहिले नेपाल प्रहरीको सरुवामा देखिएको छ । नेपालीलाई अनागरिक बनाएर अमेरिका लैजाने धन्दाका विचौलिया मास्टर माईण्ड केशव दुलाल र सानु भण्डारीमाथिको अनुसन्धान दोस्रो लिएरबाट फेरि गर्ने छनक देखिएपछि यसको पराकम्पन बुढानिलकण्ठसम्म पुगेको छ ।

फलत ः अहिले अस्वभाविक रुपमा नेपाल प्रहरीका पाँच एआइजीको सरुवा गरिएको छ । सत्ता घटक दलको सबैभन्दा ठूलो पार्टी कांग्रेसले एआइजी सरुवामा दवाब दिएपछि अहिले प्रधानमन्त्री प्रचण्डले एआईजीहरुको सरुवा गरेको गाईगुई छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाले आरजु राणा र मञ्जु खाँणलाई घरमै पुगेर मोटो रकम बुझाएकोे भन्ने अडियो सम्वाद बाहीरीएपछि विवादमा तानिएकी आरजुमाथिको अनुसन्धान रोक्न एआईजी सरुवा गरिएको स्रोतको दाबी छ।

यसका लागि देउवा दम्पतीले प्रधामन्त्रीलाई भेटेरै दबाव दिएको चर्चा छ। नक्कली भुटानी, ललिता निावासमा र सुन काण्डसम्म आईपुग्दा शीर्ष राजनीतिक दलका प्रभावशाली नेताहरु नै मुछिन थालेपछि अनुसंन्धान कमजोर अवस्थामा पुगेको छ । प्रतिपक्ष एमालेले आशंका गरिरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने प्रहरीमाथि विश्वास गर्नु पर्ने भनेकाछन् ।

६० किलो सुन प्रकरणको अनुसन्धानलाई लिएर प्रमुख प्रतिपक्षले सदनमै अविश्वासको अंकुश लगाईरहेको बेला सीआईबी स्वत नागरिकको समेत निशानामा छ । अहिले सत्ताघटक शिर्ष नेताहरुको बैठकले ललिता निवासमा माधव बाबुरामलाई नमुछने गरी भित्रि योजना अघि सारेपछि एमालेले शंका गरीरहेको सिआइवी माथि प्रश्न उठेको छ । अन्य पाँच एआईजीको सरुवा हुँदा सिआईवी प्रमुख किरण बज्राचार्यको सरुवा रोकिनुलाई पनि अर्थ पूर्ण रुपमा हेरिएको छ ।

यद्यपी सरकारको सुशासन अभियान र भ्रष्टचार विरुद्धको भण्डाफोरमा प्रहरी संगठनभित्र भएको नेतृत्व फेरबदलले प्रहरीमाथी थप प्रहार भएको छ । पाँच जना एआईजीहरुको अस्वभाविक सरुवा बाघ करानु र बाख्रा हराउनुको संयोग जस्तो समान्य नहुन सक्छ । किनकी नेतृत्व र निर्णय क्षमताको हिसवाले काविल मानिएका अफिसरहरु चार महिनामै सरुवा भएकाछन् । शरणार्थी प्रकरण अनुसन्धानक अघि बढाउने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली साढे चार महिनाको अन्तरालमा सरुवा भएकाछन् ।

ज्ञवालीसहित पाँच एआज्इजीको सरुवा भएको छ । अहिलेको सरुवामा सीआईबी प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरि र अपराध अनुसन्धान विभागका टेक बहादुर तामाङलाई यथावत राखिएको छ। तर पनि अहिले भएको अस्वभाविक सरुवा अनुसन्धान प्रभावित गर्ने उदेश्य सहित नै सरुवा गरिएको विश्लेषण हुन थालेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना, सुन काण्ड सबैमा कांग्रेस, एमाले र माओवादीका माथिलो तहकै नेताहरु मुछिएकाछन् । भेपमा लुकाएर ल्याइएको ९ किलो सुनमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नेक्सेस देखिएपछि अनुसन्धान फितलो हुंदै गएको सिआइवी, ललिता निवासमा माधव बाबुरामलाई छोड्ने अवस्थामा पुग्नुले स्टन्टबाजीमा रहेका आरोपमा बल पुग्दैछ । राजनीतिक नेतृत्वको क्षत्र छायाँले प्रहरी संगठनलाई हस्तक्षेप गरेर गाँज्दा ठूलाठूला घोटलामा आरोपीले उन्मिुक्ति पाउने गरेकाछन् ।

राजनीतिक संरक्षणलाई निस्तेज पारेरै निष्पक्ष अनुसन्धान सहित भ्रष्टचार काण्डका आरोपितहरुलाई कानुनी कठघरामा ल्याउनु पर्ने नैतिक दवावमा प्रहरी छ । तर नेतृत्वको दवावले अहिले उठेका मुद्धा पनि हात्ति आयो हात्ति आयो फुस्सा होलाकी भन्ने चिन्ता बढाएको छ ।